यस्तो पोष्ट रिलिज गर्दै जुलेबीले मनायो नारी दिवस


ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ फागुन

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बुधबार नयाँ चलचित्र ‘जुलेबी’ को फस्ट लुक (पोस्टर) रिलिज गरिएको छ । चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन् । यो फिल्मको फस्ट लुक्स (पोस्टर) भने कुनै नारीको नग्न तिघ्रा र पिँडुला देखाईएको छ । कुनै पनि पात्र पोष्टरमा रिलिज गरिएको छैन ।

चलचित्रका निर्देशक गणेश देव पाण्डे हुन् । यो चलचित्रमा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायत कलाकारको मुख्य भूमिका रहेको छ । यो नारी प्रधान चलचित्र रहेको निर्माण पक्षले जनाएको छ । फिल्मले नारी ग्लामरता कथा प्रस्तुत गर्ने यो पोष्टरले बुझाउँछ । नारी दिवसको दिन यस्तो पोष्टर रिलिज गर्नुले फिल्म अहिले नै बिबादमा परेको छ ।

यो चलचित्रमा चार नारी पात्रको कथा समेटिएको बताईएको छ । यो चलचित्रमा बिबेक खड्काको छायाँकन, अन्जय खड्काको सम्पादन रहेको छ । चलचित्रको कार्यकारी निर्माता नबीन भट्ट हुन् । फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण बहेको चलचित्रमा चार नारी पात्रको कथा समेटिएको छ ।