लेक्जिन्टनमा सुदुरपश्चिम समाजको भव्य होली


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ फागुन

सुदुर पश्चिममा बिशेस गरि मनाइने नेपालीहरुको महान चाड फागु पुर्णिमा तथा होलिपर्ब २०२३ मार्च ४ शनिबार दिउसो सुदुर पश्चिम समाजको आयोजनामा यहाँ रहेका नेपालीहरुले अमेरिकाको लेक्जिन्टन केन्टुकी राज्यको ज्याकोब्सन पार्कमा धुमधामका साथ मनाए ।

समाजले प्राय गरेर बिदाका दिन पारेर नेपाली पर्ब मनाउदै आएको छ । यसपटकको होलिमा पनि मादल मिजुर खैजडी बजाउदै देबी देवताको महिमा गाउदै हर्सो उल्लासका साथ मनाइयो । होलीको भाकाको नेतृत्व संस्थाका उपाध्यक्ष्य चुडामणि अवस्थीले लिनु भएको थियो भने सहयोगीको रुपमा कोसाध्यक्ष्य बिपिन पन्त, मुकेश ऐर रहनु भएको थियो ।

होलीमा हरेक समुदायका होली प्रेमीहरुको उलेख्य उपस्थिति थियो । अमेरिकाको जाडो बढ्ने घट्ने दिन प्रति दिनको बिग्रिदो बाताबरणले भने यस पटक साथ दिएकोले अलि होलीको रौनक बढेको देखिएको छ । होलीमा हात हातमा रंग अबिर लिएर केटाकेटीहरु सारै रमाएका थिए भने जेष्ठ नागरिक पनि उतिकै रमाएको देखियो । हामीले नेपालमा खेलेको भन्दा यहाँ को होलीमा खासै फरक छैन भन्ने अधिकांँसको अभिब्यक्ति रहेको थियो ।

यस समाजका सम्पूर्ण दाजुभाई दिदि बहिनि तथा आमाबुवाहरुको हौसलापूर्ण उपस्थितिले नेपालमा हुने होलि भन्दा यहाँ मनाइने होलिमा खासै फरक देखिएको पाइदैन। उपस्थित सबै होली खेल्नमै र एक आपसमा रंग लगाउनमै व्यस्त देखिन्थे । संस्थाले विभिन्न रंग, खाने पानी तथा पिज्जाको समेत ब्यबस्था गरेको थियो । खानाको व्यबस्थापनमा दीर्घ जोशी र संस्थाका सदस्यहरुको भूमिका रहेको थियो। सात समुद्र पारि बसेर पनि आफ्नो संस्कृति जोगाउन र नया पिढीलाई आफ्ना बिसेष पर्ब बारे जानकारी दिने उदेश्यले बिगत ९, १० वर्ष देखि यस सुदुर पश्चिम समाज केन्टुकीले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

यस सुदुर पश्चिम समाजको स्थापना काल देखि संस्थाको संस्थापक अध्यक्ष्यको रुपमा रहनु भएका उद्धव राज उप्रेतीले संस्थाको संस्थागत विकासका लागि महत्वपूर्ण भूमिका खेल्नु भएको छ ।

यसका साथै संस्थाका हरेक गतिबिधिहरुमा मेरुदण्डको रुपमा रहेका समितिका उपाध्यक्ष्य चुडामणि अवस्थी, सचिब मान बहादुर शाह, कोसाध्यक्ष्य बिपिन पन्त, सह–सचिब गोबिन्द अवस्थी, सदस्यहरु प्रकाश पाण्डे, प्रकाश थापा, रेखा जोशी, त्रिलोक सिंह ऐर, अर्चना शाही, टंक न्यौपाने, निरञ्जन कुस्मी, बिबेक ढकाल, बिशेष सल्लाहकार नारायण भट्ट, रेखा भट्ट, मदन राज भट्ट, खेम सिङ्ग धामीको सक्रिय सहभागिताले समाजको उचाई बढ्दै गैरहेको छ । प्रत्यक वर्ष सुदुर पश्चिम समाज केन्टुकीले गौर पर्ब, पिकनिक , देउसीभैलो तथा होली पर्ब भव्यताकासाथ मनाउदै आइरहेको छ । सुदुर पश्चिम समाजले आफ्ना कार्यक्रममा सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीहरुलाई आमन्त्रित गरेर संस्कृतिक आदान प्रदान गर्ने अवसरको पनि सदुपयोग गरिएको पाइन्छ ।

सुदुर पश्चिम समाजको निमन्त्रना स्वीकारेर पाल्नु हुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीहरु तथा यस होलि कार्यक्रमलाई प्रत्यक्क्ष्य र अप्रतेक्क्ष्य रुपमा सहयोग गर्नु हुने सम्पूर्ण समाजका सदस्यहरुलाई संस्थाका तर्फबाट संस्थाका अध्यक्ष्य उद्धव राज उप्रेतीले हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सद्भाव र सहयोगको अपेक्षा गर्नु भएको छ ।