लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रिता थापामगर


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ फागुन

‘राष्ट्रि लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’को अध्यक्षमा बरिष्ट गायिका रिता थापामगर सर्वसम्मतले निर्विरोध चयन भएकी छिन् । ७५ जनाको केन्द्रिय कार्यसमिति रहेको प्रतिष्ठानमा पहिलो पटक महिला अध्यक्षको रुपमा रिता चयन भएकी हुन् ।

शुक्रबारबाट धादिङको धादिङबेसीमा जारी महाधिवेशनमा अध्यक्षका अर्का उम्मेदवार रामजी खाँडले शनिबार प्रथम उपाध्यक्षमा उम्मेदवारी दिएपछि यस अघिकी बरिष्ट उपाध्यक्ष रिता थापामगर प्रतिष्ठानको अध्यक्षमा निर्विरोध चयन भएकी हुन् ।

उनको अध्यक्षतामा विभिन्न पदमा २८ जना निर्विरोध निर्वाचित भएका छन् । अरु बाँकी पदका लागि शनिबार दिउँसो निर्वाचन भएको थियो । आईतबार बिहान निर्वाचनको परिणाम आएको हो ।

प्रतिष्ठानमा निर्विरोध भएकाहरुमा अध्यक्ष थापमगर सहित बरिष्ट उपाध्यक्षमा पशुपति शर्मा, प्रथम उपाध्यक्षमा रामजी खाँण, उपाध्यक्षहरुमा सुवास केसी, दीपक खड्का, राधिका हमाल रहेका छन् ।

यस्तै खुला उपाध्यक्ष तर्फ ७ पदको लागि ९ जनाबीच निर्वाचन भएको थियो । सो निर्वाचनबाट खुला उपाध्यक्षमा गायक कृष्ण रेउले , गायक रमेश भट्टराई, गायक खुमन अधिकारी , गायिका पूर्णकला बिसी, गायक राजु ढकाल ४५१, गायक पुष्कल शर्मा र गायक कुलेन्द्र बिश्वकर्मा विजयी भएका छन् । भिडियो निर्देशक शंकर बिसी र गायक चोलेन्द्र पौडेलले खुला उपाध्यक्षमा पराजय बेहोर्नु पर्यो ।

यस्तै महासचिबमा शिव हमाल, उमहासचिबमा हरि डाँगी र शिरिष देवकोटा, कोषाध्यक्षमा अमृत अधिकारी, महिला सचिवमा जमुना राना, भूगोल सचिवतर्फ लुम्बिनी प्रदेश सचिवमा दीपक गरौजा मगर, सुदुर पश्चिम प्रदेश सचिवमा नविन सिंह धामी, काठमाडौं उपत्यका सचिवमा प्रकाश सपुत निर्विरोध चयन भएका छन् । गण्डकी प्रदेश सचिवमा घनश्याम रिजालले विजयी हासिल गरेका छन्

यस्तै प्रतिष्ठानमा निर्विरोध चयन भएकाहरुमै कर्णाली प्रदेश सचिवमा उत्तम शर्मा, बिदेश सचिवमा रामकृष्ण बम मल्ल, प्रशासनिक सचिवमा जीवन दाहाल, सांगठनिक सचिवमा पिएन सापकोटारहेका छन् । त्यस्तै खुल्ला सचिवतर्फ ३ जना सचिवका लागि ५ जनाको उम्मेदवारी परेकोमा देवी घर्ती , युवराज मगर र महेन्द्र गौतम विजयी भए । विमल अधिकारी र कृष्ण आँसु भने सचिवमा पराजित भए ।

यसैगरी प्रतिष्ठानको प्रशासनिक सहसचिवमा राजकुमार रायमाझी, विदेश सहसचिवमा दुर्गा पंगेनी, सांगठनिक सहसचिवमा तारानाथ आचार्य, महिला सहसचिवमा सिता राना निर्विरोध चयन भएका छन् ।

प्रतिष्ठानको महिला सहकोषाध्यक्षमा जुना श्रीष जैकली निर्विरोध चयन भएकी छन् । सहकोषाध्यक्ष लागि ३ जनाको उम्मेदवारी परेकोमा सम्झना लामिछाने र ईश्वरी प्रसाद भुसाल  विजयी भए भने सरला पाण्डे पराजित हुन पुगिन् ।

यसैगरी मधेश प्रदेश केन्द्रिय सदस्यमा कृष्णप्रसाद गौतम, सुदुर पश्चिम प्रदेश केन्द्रिय सदस्यमा पदमबहादुर धामी, काठमाडौं उपत्यका समन्वय केन्द्रिय सदस्यमा तिलक परियार, कर्णाली प्रदेश केन्द्रिय सदस्यमा राजकुमार खत्री, बागमति प्रदेश केन्द्रिय सदस्यमा भरत बाराकोटी पनि निर्विरोध चयन भएका छन् ।

यस्तै प्रदेश सदस्यको निर्वाचनमा प्रदेश नं १ मा रमेश आचार्य विजयी भएका छन् भने गण्डकी प्रदेश सदस्यतर्फ सुरेन्द्र गुरुङ निर्वाचित भए । लुम्बिनी प्रदेशतर्फ प्रेम शर्मा विजयी भए  भएका छन् ।

महिला सदस्यतर्फ ७ जनाको लागि ९ जनाको उम्मेदवारी परेको थियो । जसमा सम्झना भण्डारी , कला लम्साल, उषा सुवेदी, करिश्मा ढकाल, स्मृति तिमिल्सिना गुरुआमा, जालुमाया गुरुङ, सुशिला गौतम विजयी भए भने दिपाशा बिसी र कालिका रोका पराजित भएका छन् ।

त्यस्तै दुई जना विदेश सदस्यका लागि ४ जनाको उम्मेदवारी परेकोमा सूर्य खड्का, गोविन्द भट्टराई विजयी भएका छन् भने गोविन्द ढकाल  र विष्णु पाण्डे पराजित हुन पुगे ।


त्यसैगरी १५ जना खुला केन्द्रिय सदस्यको लागि ३० जनाको उम्मेदवारी परेको थियो । जसमा शान्तिश्री परियार, रविन लामिछाने, खेम सेन्चुरी, मनमाया वाइबा, कुमार पुन, रिना थापा मगर, प्रकाश भट्ट, सुजन लम्साल, पुरुषोत्तम भण्डारी, श्रीकृष्ण बममल्ल, कुमार राना मगर, बालचन्द्र बराल, दिनेश काफ्ले, कुशल बेलबासे र रेशम निर्दोष विजयी विजयी भएका छन्  । सदस्यमा पराजित हुनेहरुमा रितु तामाङ , नरेश खाती, कृष्ण रानाभाट, भीमसेन खतिवडा, खड्ग बहादुर पुन, राजकुमार टराली, ईश्वर सिंह, विश्वास नेपाल, नेत्र अर्याल, विक्रम चौहान, शिशिर पौडेल, ढाकाराम पौडेल, नयन सोडारी, नकुल ढकाल र नरेन्द्र बहादुर रावल छन् ।