राष्ट्रपतिमा रामचन्द्र पौडेल र सुवास नेम्वाङको उम्मेदवारी


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ फागुन

राष्ट्रपतिको उम्मेदवारको रुपमा काँग्रेसबाट पूर्व सभामुख रामचन्द्र पौडेलले र एमालेबाट पूर्व सभामुख सुवास नेम्वाङले नाम दर्ता गराएका छन् ।

राष्ट्रपतिको चयनका विषयमा साझा सहमती जुटाउँदै गरेका प्रधामन्त्री पुष्पकमल दाहालको प्रस्तावलाई एमालेका अध्यक्ष केपी ओलीले अस्विकार गरेपछि यी दुई पार्टीको समिकरण भँग भएको छ । राष्ट्रपति चयनका कारण नेकपा माओबादी केन्द्र र नेकपा एमालेबीच समीकरण टुटेको हो ।

राष्ट्रपतिमा माओबादी केन्द्रले काँग्रेसलाई समर्थन गरेपछि काँग्रेस, एमाले सहित ८ पार्टी एक भएका छन् । रामचन्द्रलाई आफ्नो पार्टी सहित बाँकी सात पार्टीको समर्थन बहुमत समर्थन रहेको छ । उनलाई कँग्रेस र माओबादी केन्द्र सहित एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको साथ छ ।

राष्ट्रपति पदमै उम्मेदवारी दिएका सुवाङ नेम्वाङलाई आफ्नो पार्टी सहित राप्रपाको पनि समर्थन रहेने विश्वास उनको छ । किनकी राप्रपा यतिबेला सरकारबाट बाहिरिने निर्णयमा पुगेको छ ।

यसरी दुई पूर्व सभामुख बीच राष्ट्रपतिका लागि प्रतिस्पर्धा हुने भएको छ । रामचन्द्र पौडेल २०५१ साल पुस ३ गतेदेखि २०५५ साल चैत ९ गतेसम्म सभामुख थिए भने सुवासचन्द्र नेम्वाङ २०६५ साउन १२ देखि २०६९ साल जेठ १४ गतेसम्म ंसंसदमा शभामुख थिए । नेम्वाङ २०७० फागुन ६ गतेदेखि २०७२ साल असोज २७ गतेसम्म दोस्रो कार्यकालमा फेरी सभामुख भएका थिए ।