ब्युटी न्युज नेपाल
काठमाडौं, २० माघ
गायक चक्रपाणी पाण्डे र गायिका लक्ष्मी परियारको स्वरमा नयाँ लोक दोहोरी गीत कान्छु तिमीलाई…को भिडियो बजारमा आएको छ । यो गीत निकै मार्मिक छ । गीतलाई चक्रपाणी आफैंले लेखेका हुन् । जसमा लक्ष्मी परियारकै संगीत रहेको छ ।
यो गीतको भिडियोमा सारीका केसी, मानव कुलुङ मगर, आयुष पाण्डे र अरुष्मा ढकालको अभिनय रहेको छ । आफ्नी प्रेमिका अरुसँग लागेपछि त्यसको छट्पटीमा रहेको प्रेमीको पीडा यो गीतको भिडियोमा देखाईएको छ ।
यो गीतको भिडियोलाई हेम श्रेष्ठले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा मरुभूमि नारायणको छायाँकन, रोशन धितालको सम्पादन रहेको छ । भिडियोलाई लक्ष्मी परियारकै युट्युव च्यानलबाट रिलिज गरिएको छ ।