प्रेमाको टिजरमा त्रिकोणात्मक प्रेम सँघर्ष


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ माघ

नेपाली ‘प्रेमा’को टिजर सार्वजनिक भएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित यो चलचित्र आगामी १७ चैतमा रिलिज हुँदैछ । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्मको टिजरमा प्रमुख तीन कलाकार शुभेक्क्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्री समेटिएका छन् ।

टिजरमा आकाशको भूमिकामा देखिएका अरुणले शीर्ष चरित्र प्रेमा अर्थात् शुभेक्क्षालाई मनपराएको देखाइएको छ । तर शुभेक्क्षाले भने भित्री रुपमा अरुणलाई मनपराएनि बाहिरी रुपबाट भने वास्ता नगरेको टिजरमा देख्न सकिन्छ । अरुण र शुभेक्क्षाको संवादमा अरुणले प्रेमभाव व्यक्त गर्दा शुभेक्क्षाले केही रिस र केही खुशी मिश्रित अनुहारमा ‘कसो छ आलोकाच्चो मुल्या’ भनेको संवाद राम्रो सुनिएको छ । जुन दर्शकका लागि फरक लाग्नसक्छ । टिजरको अन्तिमतिर सृष्टिको आगमनबाट शुभेक्क्षा केही सशंकित देखिन्छिन् । किनकी टिजरमा सृष्टिसँग अरुण र शुभेक्क्षाको भेट हुँदा शुभेक्क्षाले अरुणलाई तानेर लगेकी छन् । जुन दृश्य हेरेर सृष्टि हाँसेकी छन् ।

यो टिजर बाघठाटा फिल्म फ्याक्ट्रीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका साथमा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को अभिनय छ ।

फिल्म ‘प्रेमा’ गोविन्द सिंह भण्डारी र विवेक घिमिरेले निर्माण गरेका हुन् । सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेल(ध्क्ष्ऋब्)को डीओपी र कृष्णबहादुर थापाको छायाँकन रहेको छ । फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।