पत्रकार भुसाल पुरस्कृत


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ माघ

आनन्देव भट्ट स्मृति साहित्यिक पत्रकारिता पुरस्कारबाट पत्रकार कृष्ण भुसाल पुरस्कृत भएका छन् । प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित विशेष समारोहमा पन्ध्र हजार रुपैयाँ राशीको सो पुरस्कार भुसाललाई प्रदान गरिएको हो ।

विशिष्ट साहित्यकार आनन्ददेव भट्टको स्मृतिमा प्रा.डा. अर्जुनदेव भट्टले स्थापना गरेका हुन् । मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौंको सम्मान तथा पुरस्कार छनौट समितिले भुसालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।

भुसालले विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त पुरस्कार र सम्मान अर्पण गरिएको कार्यक्रममा बताईयो । भुसालले विगत १३ वर्षदेखि मिलाप मासिकको प्रकाशक र प्रधान सम्पादक रहेर कार्य गर्दै आएका छन् । उनी बिगत दुई वर्षदेखि हिमालय टाइम्सको उप सम्पादकका रुपमा कार्यरत छन् ।

साहित्यकार तथा पूर्वमुख्यसचिव विमल कोइरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समारोहमा विभिन्न विधाका अन्य १५ जना व्यक्तित्वलाई पनि सम्मान तथा पुरस्कार अर्पण गरिएको थियो ।