आईआईएफ्टीका विप्लवराज डिजाईनर रनवेमा उत्कृष्ट


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ माघ

‘नेशनल डिजाईनर रनवे–२०२३’मा आईआईएफ्टी (स्कूल ओफ फेसन डिजाइन)का विधार्थी उत्कृष्ट भएका छन् । फेसन डिजाइनको प्रतिस्पर्धात्मक प्रतियोगिता ‘नेशनल डिजाईनर रनवे–२०२३’को शीर्ष उपाधि आईआईएफ्टीका विधार्थी बिप्लवराज नाग नहरले जितेका छन् । यो उपाधि गत वर्ष आईआईएफटीका स्यामुअल अर्कानसासले जितेका थिए ।

सो प्रतिस्पर्धामा नाग नहरले शीर्ष उपाधी हात पार्दा आई आई एफ्टी कै सावित्रीदेवी राईले फस्र्ट रनरअप र सरला डंगोलले सेकेण्ड रनरअप तथा बर्षा पन्त मस्ट पपुलरको सवटाइल पाउन सफल भएका छन् ।

काठमाडौंको जमलस्थित राष्ट्रिय नाच घरमा आयोजित प्रतियोगिताको फाइनलमा विभिन्न फेशन डिजाईनरहरुले तयार पारेको पहिरनमा मोडलहरु र्याम्पमा उत्रिएका थिए । उनीहरुको प्रस्तुतीका आधारमा विजेता घोषणा गरिएको हो ।

उपाधी विजेताहरुलाई निर्णायक मण्डलका सदस्यहरु निशा श्रेष्ठ, रश्मी तण्डुकार, रजनी तुलाधर, सशीला वन्त, दीपक घिमिरे र डेभिलसिंह राजपुतले अवार्ड प्रदान गरे । सो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । प्रतियोगिताको निर्देशकमा स्वस्ती दंगाल र कार्यक्रम निर्देशकमा परमानन्द चौधरी थिए ।