ब्युटी न्युज नेपाल
काठमाडौं, २२ माघ

गायक करण राईको नयाँ गीत चँगा…को भिडियो दर्शकमाझ आएको छ । द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता बनेपछि उनको पहिलो गीत यतिबेला बजारमा आएको हो । उनकै युट्युव च्यानलबाट यो यो गीत सार्वजनिक भएको हो ।

यो गीतको भिडियोमा अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको छ । भिडियोमा अभिनेता दयाहाङसंगै अशिम सुब्बा, संगीता थापा लगायत कलाकारहरुको अभिनय रहेको छ ।

यो गीतमा निर्देशक, गीतकार प्रकाश आङ्देम्बेको शब्द छ । देबेश राईको संगीत रहेको यस गीतमा मिक्सिङ, मास्टरिङपनि देबेशकै रहेको छ ।

म्युजिक भिडियोलाई अनिल सुब्बाले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा दयाहाङसंग करणपनि देखिएका छन् ।