चलचित्र ‘द अनब्रेकेबल : अगस्त्य’मा नाजिर र मलिका अनुबन्धित


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ माघ

अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महत चलचित्र ‘द अनब्रेकेबल : अगस्त्य’मा अनुबन्धित भएका छन् । सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म यो फिल्मको निर्माण युनिटले यी कलाकारको पोष्टर सार्वजनिक गर्दै उनीहरु अनुबन्धित भएको जनाकारी दिएको हो ।

यो चलचित्रमा हालसम्म सौगात, नाजिर र मलिका अनुबन्धित भईसकेका छन् । फिल्मको कथा निर्देशक चौधरी स्वयमको हो । उनले दुवै च्याप्टरको कथा तयार पारिसकेका छन् ।

फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन् । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुनेछ । फिल्मको छायांकन राजेश श्रेष्ठ हुन् । आगामी बैशाख अन्तिमबाट सुटिङ सुरु गर्न लागिएको फिल्मको शीर्षक हिन्दु धर्मका सप्तऋषि मध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको हो ।