रवी लामिछानेको पार्टीका मन्त्री सरकारबाट बाहिरिए


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ माघ

पूर्व उपप्रधान तथा गृहमन्त्री र उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार छाडेको छ । आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको हो । आफुहरुले सरकार छाडे पनि अहिलेको सरकारलाई समर्थन कायमै राख्ने निर्णय भएको सभापति रबीले बताएका छन् । रास्वपाबाट लामिछाने उपप्रधानमन्त्री तथा गृह, डीपी अर्याल श्रम, शिखिर खनाल शिक्षामन्त्री भएका थिए भने डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएकी थिइन् ।

आफुहरुले पूर्व सर्त अनुसारको मन्त्रालय नपाएका कारण सरकार छाड्ने निर्णय बैठकले गरेको पनि उनले बताएका छन् ,‘सरकारमा जाने म्याण्डेट पाएका थिएनौं । तर गृह, श्रम तथा रोजगार जस्ता काम गर्ने मन्त्रालय पाएपछि गएका हौं’, उनले भने ।

गत साता १३ माघबाट नागरिताका प्रकरणबाट साँसद सहित रविको उपप्रधान मन्त्री र गृहमन्त्री खारेजी भएको हो । त्यसपछि रबीले नयाँ नागरिकता लिए । उनलाई पुन गृहमन्त्री बनाउने आशा रबीको थियो । तर उनको राहदानीको मुद्धा जारी रहेका कारण गृह मन्त्रीमा पुन नियुक्त गर्न नसकिएको प्रधानमन्त्री पुष्पकमल दाहालले यस अघि बताएका छन् ।