चलचित्र ‘कामिनो’मा प्रदिप खड्का


ब्युटी न्युज नेपाल
काठमाडौं,११ माघ

अभिनेता प्रदिप खड्का नयाँ फिल्म ‘कामिनो’ मा अनुबन्धित भएका छन.। प्रदिप र ‘कामिनो’ निर्माण पक्षबीच गत शुक्रबार औपचारिक सम्झौता भएको थियो । दीपक ओलीको निर्देशनमा निर्माण हुृने ‘कामिनो’ को बुधबार सामाजीक संजालमार्फत थीम पोस्टर सार्वजनीक गरिएको छ ।

एक्सेस नेपाल फिल्मस्को निर्माण,पूर्ण लामा कृएटिभ डिरेक्टर र सुनील बिष्ट गौली कार्यकारी निर्माता रहेको फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । अभिनेता प्रदिपलाई आफ्नो फिल्ममा अभिनय गराउन निर्माता,निर्देशकहरु लालायीत हुने गरे तापनि ‘प्रेम गीत–३’ पछि स्क्रिप्ट,टिम र क्यानभास मन परेकाले प्रदिप यो फिल्म गर्न राजी भएको बताईएको छ ।

नेपाल र ल्याटिन अमेरिकाका बिबिध स्थानमा छायांकन हुने फिल्म प्रेम,रोमान्स र सस्पेन्सले भरिएको निर्देशक ओलीले बताएका छन् । चैत्र तेश्रो साताबाट छायांकन गर्ने लक्ष्य राखिएको फिल्म सौरभ लामाले खिच्ने छन् । फिल्ममा एसडि योगी र अलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र दिनेश प्रकाश महराको प्रोडक्शन डिजाइन रहेको छ ।  स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन् । फिल्मको हिरोइनलगायत अन्य कलाकार तथा प्राबिधिक चयन कार्य छिट्टै समापन गर्ने तयारी निर्माण पक्षको छ ।