उदीत र आदित्य सहित दीपा नारायण झाको एकल गीति संग्रह झिलमिल सितारा सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ माघ

लामो समयपछि चर्चित गायिका दीपा नारायण झा एकल गीति संग्रह मार्फत श्रोतामाझ आएका छन् । मुम्बईको ब्यस्त जिवनबाट केहि दिनको लागि नेपाल आएकी गायिका झाको एकल गीति संग्रह ’झिलमिल सिताराझको बिहिबार लोकार्पण गरिएको हो । होटेल याक एण्ड यतिमा म्युजिक नेपाल द्वारा आयोजित एक कार्यक्रम बीच बरिस्ठ संगीतकार शम्भुजित बास्कोटा ,गीतकार एसपी कोइराला ,संगीतकार आलोकश्री ,म्युजिक नेपालका अध्क्षय सन्तोष शर्मा र गायिका दीपा झाले सयुक्त रुपमा गीति एल्बम सार्वजनिक गरे । प्रतिष्ठित संगीतकार आलोकश्री द्वारा संगीतबद्ध गीति एल्बममा ८ वटा गीतहरु समाबेश गरिएको छ ।

एसपी कोइराला,मुकुन्दराज शर्मा ,आलोकश्री ,तिर्थ श्रेष्ठ ,नारायण खतिवडा ,टेक तामाङ र अनिता प्रधानको शब्द रचना रहेको एल्बम ’झिलमिल सिताराझमा दीपाले दुईवटा गीतमा श्रीमान उदितनारायण र एउटा गीतमा छोरा आदित्यनारायण संग युगल स्वर दिएकी छिन।
कार्यक्रममा म्युजिक नेपालका अध्क्षय सन्तोष शर्मा,बरिस्ठ संगीतकार शम्भुजित बास्कोटा,गीतकार एसपी कोइरालाले नेपाली सागीतिक छेत्रको विकासमा झा परिवारको योगदानको चर्चा गर्नु भएको थियो ।

साथै कार्यक्रममा एल्बममा समाबेश गीत ’ हे मायाझको भिडियो समेत प्रदर्शन गरिएको थियो । आलोकश्रीकै शब्द, सगीत र भिडियो निर्देशन समेत रहेको म्युजिक भिडियोमा यसराज गराच र अस्मिता पन्तको अभिनय रहेको छ । यसराज र अस्मिताको अभिनयलाई सबैले यतिबेला प्रसँसा गरेका छन् ।

’झिलमिल सिताराझका सम्पूर्ण गीतहरुलाई म्युजिक नेपालको युट्युब च्यानल ,म्युजिक नेपालद्वारा उत्पादित मोमो एप्स र ६० भन्दा बढी विभिन्न डिजिटल प्लेटफर्महरु मार्फत सुन्न सकिन्छ ।

कार्यक्रममा म्युजिक नेपालका अध्क्षय सन्तोष शर्माले गायिका दीपा झा र गायक उदितनारायण झाको गायन मार्फत संकलित रोयल्टी एकमुस्ट रुपमा गायिका दीपा झालाई हस्तान्तरण गर्नु भएको थियो।