नरहरि र प्रज्ञाको भिडियोमा आयो ह्याक गर्यो


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ माघ

नव गायिका प्रज्ञा अधिकारीले आफ्नो जन्मदिनको अवसरमा गायक नरहरि प्रेमीसँग नयाँ गीत ह्याक गर्यो गर्यो… बजारमा ल्याएकी छिन् । र्याप भर्सनको यो गीत नृत्य प्रधान बनेको छ । गीतमा गायक नरहरि प्रेमीकै शव्द तथा संगीत छ । जसमा संजय हमालको संगीत संयोजन, गोविन्द सोनीको मिक्सिङ मास्टरिङ छ । ए लेवल स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

श्रुति संगीत विद्यालयमा संगीतको अध्ययन गरिरहेकी गायिका प्रज्ञाको सांगीतिक क्षेत्रमा भर्खर भर्खरनै आगमन भएतापनि प्रज्ञाले विभिन्न विधामा आफ्नो गायकी देखाउन सफल भईसकेकी छिन् । वुआआमा राजकुमार अधिकारी र तारा अधिकारीको साथ तथा गुरु नरहरि प्रेमीको मार्गदर्शनमा आफ्नो पढाई, काम , गायकी तथा अभिनयलाई पनि साथसाथै अघि बढाईरहेकी छिन् ।

पछिल्लो पटक सार्वजनिक भएको गीतमा रोमान्टिक तथा वियोगान्त भाव आफ्नो गायकी तथा अभिनयमा देखाउन सफल प्रज्ञाले यसपटक भने मोर्डन गायकी तथा आफ्नो नृत्य कलालाई दर्शक श्रोताहरुमाझ प्रस्तुत गरेकी छिन् । गोदावरी लगायत काठमाडौँका विभिन्न भागमा छायाँकन गरिएको भिडियोतर्फ व्यवस्थापन पुष्पा पौडेल, श्रृङ्गार विमला गौतम, कोरियोगा्रफी राजकुमार दर्जी (एभरेष्ट राज) , सहायक कोरियोगा्रफी सलिना तामाङ, छायाँकन उत्सव दाहाल, सम्पादन तथा निर्देशन राज कुमारको रहेको छ ।