अभिनेता पल शाहले तनहुँ अदालतबाट पाए सफाई


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ माघ

यतिबेला कारागारमा रहेका अभिनेता पल शाहले एउटा अदालतबाट भने नाबालिका जबरजस्ती करणी सम्बन्धि मुद्दामा सफाई पाएका छन् । उनले मँगलबार तनहुँ जिल्ला अदालतबाट सफाइ पाएका हुन् । अभिनेता शाहलाई जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कार अभियोगको दाबी नपुगेको बताउँदै सफाइ दिएका हुन् ।

नावालिक गायिकालाई करणी गरेको अभियोगमा गत वर्ष तनहुँ र नवलपुरमा शाह बिरुद्ध मुद्दा दायर भएको थियो । यस्तै प्रकारको मुद्धामा नवलपुर जिल्ला अदालतले १० लाख जरिवाना सहित यस अघि अढाई वर्षको सजाए सुनाएको थियो । सो सजाय सुनाएपछि उनी कारागारमा छन् ।

बलात्कार मुद्दामा उनले गत २१ भदौमा नवलपुर जिल्ला अदालतबाट सफाइ पाए पनि बालयौन दुरुपयोगमा भने कारागार जानु परेको थियो । नवलपुर जिल्ला अदालतको सो निर्णय बिरुद्ध पलका वकिलहरुले उच्च अदालत पोखरामा यस अघि गत २५ भदौमा पुनराबेदन हालेका छन् । तर पुनरावेदनको फैसला आएको छैन ।