ब्युटी न्युज नेपाल
काठमाडौं, ३ माघ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मँगलबार पुन मन्त्रिपरिषद् विस्तार गरेका छन् । १५ सदस्यीय नयाँ मन्त्रीमण्डल उनले बिस्तार गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरूलाई शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् । मंगलबार प्रधानमन्त्री प्रचण्डले एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका मन्त्रीहरूलाई समेटेर दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

एमालेबाट परराष्ट्र विमला राई पौडेल, स्वास्थ्य मन्त्रीमा पदम गिरी, महिला बालबालिका मन्त्रीमा भगवती चौधरी र हरि उप्रेती रक्षामन्त्री बनेका छन् । यसैगरी, यसअघि नै मन्त्री नियुक्त भएकी ज्वालाकुमारी साहलाई कृषि र राजेन्द्र राईलाई भूमि व्यवस्था सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै, माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । माओबादीबाटै सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्री बनेकी छिन् ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षामन्त्री र डिपी अर्याल श्रममन्त्री बनेका छन् । डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी छन् । यसैगरी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा जलस्रोत तथा सिँचाइ, विक्रम पाण्डे शहरी विकास र ध्रुवबहादुर प्रधान कानुनमन्त्री बनेका छन् । यसैगरी, राप्रपाकै दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बनेका छन् ।