ब्युटी न्युज नेपाल
काठमाडौं, १ माघ

चिसो र अन्य विभिन्न कारणले पछिल्लो समय नेपाली फिल्म चलेका छैनन् । एकपछि अर्को गर्दै नेपाली चलचित्रहरु पछिल्लो समय धमाधम असफल भईरहेका छन् । यस्तै शुक्रबार रिलिज भएको दुई चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ मध्य गुन्जनले दर्शक पाउन सकेको छैन । यो फिल्मले माघ सक्रान्तिमा समेत राम्रो दर्शक नपाएको फिल्म हल सञ्चालकहरुले बताएका छन् ।

गुञ्जनको तुलनामा तिम्रो मेरो साथको व्यापार निकै माथि रहेको पनि हल सञ्चालकहरुले बताएका छन् । चलचित्र गुञ्जनका निर्माताले दर्शकलाई आफ्नो फिल्म मन नपरेको टिकटको पैसा फिर्ता गर्ने बताएका थिए । तर हलमा निर्माताको नाक मुख नदिएको पनि दर्शकको भनाई छ । धेरै दर्शकले फिल्म मन नपरेको बताए पनि अहिलेसम्म कुनै पनि दर्शकलाई निर्माताले पैसा फिर्ता गरेका छैनन् । यो फिलमका निर्माता हिराकृष्ण शाहीले पैसा फिर्ता गर्ने भन्दै पत्रकार सम्मेलनमा बोलेका थिए ।