ब्युटी न्युज नेपाल
काठमाडौं, २८ पुष

चलचित्र ‘छड्के २’को एक गीतमा र्यापर भिटेनले स्वर सुन्न पाईने भएको छ । यो गीतको काठमाडौंको एक स्टुडियोमा रेकर्ड गरिएको छ । कथाको माग अनुसार सिनेमाको एउटा गीतमा भिटेनले स्वर रहेको छ । यो गीतको शब्द रचना तथा संगीत पनि भिटेन स्वयंमले तयार पारेका हुन् । गीतलाई रेकर्डिङ मनोज परियारले रेकर्ड गरेका हुन् ।

कथा सुहाउँदो भएकै कारण आफुहरुले भिटेनको गीत सिनेमामा समावेश गरेको निर्माता प्रशान्त गिरीले बताए । अनमोल केसीको मुख्य भुमिका रहेको सिनेमा पोस्टर सार्वजनिक भएसँगै चर्चाको शिखरमा छ ।

यो चलचित्र आगामी १९ फागुनमा रिलिज हुँदैछ । ग्याङस्टर जनरामा निर्माण भएको सिनेमामा अनमोलको भिन्न लूक्स देख्न सकिन्छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएकको सिनेमामा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन् । सिनेमाको चितवन र मुस्ताङमा छायांकन गरिएको छ ।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमासँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका सिनेमाको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् । ‘छड्के २’ रिभेन्ज ग्याङस्टर सिनेमा हो ।