दीपक श्रेष्ठको फिल्ममा दयाहाङ अनुबन्धित


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ पुष

गत साता मात्र दीपेन्द्र लामाको चलचित्र नाँगो गाउँमा अनुबन्धित भएका अभिनेता दयाहाङ राई फेरी यतिबेला नयाँ चलचित्रमा जोडिएका छन् । निर्देशक दीपक श्रेष्ठले नयाँ फिल्ममा पनि दयाहाङ राई अनुबन्धित भएका छन् ।

केबल तामाङ्गको प्रस्तुतिमा तयार हुने फिल्ममा कोमल गुरुङको लगानी रहनेछ । यो फिल्ममा दीपक श्रेष्ठको कथा तथा निर्देशन रहने छ । जसमा सुरज आचार्य हेड अफ प्रोडक्शन र सौरभ लामा सिनेमाटोग्राफर रहने छन् । निर्माणपक्ष र दयाबीच बुधबार यो फिल्मको मुख्य भूमिकाको लागि संझौता भएको हो ।

फिल्मका लागि एक नायक र एक नायिका केही दिनमा फाइनल गरिने निर्माणपक्षले बताएको छ । फिल्मको बारेमा निर्देशक श्रेष्ठले भने–‘यो फिल्मलाई हामी लभस्टोरी र कमेडी कथामा निर्माण गर्दैछौ । फिल्मको छायांकन सिक्किम र इलाममा हुनेछ ।’ माघको २० गतेबाट फिल्मको छायांकन गरिने प्रस्तुतकर्ता केबल तामाङ्गले बताए ।

प्रोमिस इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा तपश्री प्रोडक्शनको सहकार्य रहनेछ । फिल्मले नेपाल र सिक्किमको पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउने विश्वास निर्माणपक्षले लिएको छ । प्रस्तुतकर्ता तामाङ्गले भने–‘पर्यटनका लागि सिनेमा’ भन्ने मुल नारा बोकेर हामी यो फिल्म निर्माण गर्र्दछौं ।’