प्रधामन्त्री पुष्पकमल दाहाललाई प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ पुष

अन्तत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मँगलबार अपरान्ह प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत मागेको सम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् । सो बैठकमा २७० जना साँसदहरुको उपस्थित थिए । उपस्थित मध्य उनको विपक्षमा जम्मा २ मत मात्र परेको छ ।

मँगलबारको सो विश्वासको मन लिने बैठकमा प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिएका छन् । प्रधानमन्त्रीलाई नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले आफ्नो विश्वासको मत दिएनन् । उनीहरुले प्रधामन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गरे ।

यसरी सँसदबाट विश्वासको मत पाएपछि अब मन्त्री परिषदलाई पूर्णता दिने उनले बताएका छन् ।