ट्रेलरमा आयो चलचित्र ह्यारीकी प्यारी


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ पुष

आगामी २० माघमा रिलिज हुने चलचित्र चलचित्रको ट्रेलर काठमाडौंमा आईतबार एक समारोहबीच सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलर अनुसार हरिप्रसाद चौलागाई (ह्यारी) बनेका जितुले उनकी प्यारी बनेकी साम्राज्ञीलाई प्राप्त गर्न गरेको सँघर्षको प्रेमकथामा फिल्म केन्द्रित छ ।

आर्थिक विपन्नता भोगेका ह्यारीले पैसाको लागि ३० लाख रुपैयाँमा आफ्नो विर्य विक्री गर्ने क्रममा साम्राज्ञीसँग मायाँप्रेम बसेको ट्रेलरमा उल्लेख छ । चलचित्रको ट्रेलरलाई दर्शकले मन पाएका छन् । ट्रेलर अनुसार सिनेमा राम्रो बनेको अनुमान गर्न सकिन्छ ।

आफ्ना बुबा तथा गीतकार निर्माता डा. भोला रिजालले दुई दशक अघि नेपालमा सुरु गरेको टेस्ट्युव बेबीको विषयलाई यो चलचित्रका निर्देशक डा. कपिल रिजालले यो चलचित्रको कथाको एउटा विषयको रुपमा प्रस्तुत गरेका छन् ।

हास्य अभिनेता जितु नेपाल यो चलचित्रमा मुख्य अभिनेताको रुपमा छन् । बिगतका फिल्ममा हास्यव्यँग्य भूमिकामा हुने हास्य अभिनेता जितु नेपाल यसपटक गम्भिर भूमिकामा भएको फिल्मको ट्रेलरले दर्शाएको छ । जितसँगै साम्राज्ञी राज्यलक्ष्मी शाह, बिजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेललगायतको अभिनय यो चलचित्रमा रहेको छ । जसमा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् ।