निर्देशक दीपेन्द्र लामा नयाँ फिल्ममा अनुबन्धित


ब्युटी न्युज नेपाल
काठमाडौं,२६ पुस

चलचित्र निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्ममा निर्देशकको रुपमा अनुबन्धित भएका छन् । यस अघि नयाँ चलचित्र नाँगो गाउँमा अनबुन्धित भएका लामा यतीबेला अर्को नयाँ चलचित्र (नाम जुराउन बाँकी)मा अनुबन्धित भएका हुन् । हरि मल्ल ठकुरीले निर्माण गर्ने नयाँ फिल्ममा दीपेन्द्र सोमबार अनुबन्धित भएका हुन् ।

‘घामपानी’ बाट निर्देशनमा डेब्यु गरेका दीपेन्द्र निर्देशीत ‘छ माया छपक्कै’ पछि ‘दुई नम्बरी’ सुपरहिट भइसकेको छ । उनले केही दिन अघि मात्रै दयाहाङ राई, मिरुना मगर र शिसिर वाङ्देललाई मुख्य भूमिकामा लिएर आफ्नो पाँचौ फिल्म ‘नाङ्गो गाउँ’ निर्देशन गर्ने घोषणा गरेका थिए । हिमाल शर्माले निर्माण गर्ने सो फिल्मको सुटिङ चैत्र महिनामा हुदैछ । ‘नाङ्गो गाउँ’ पछि मात्रै यो फिल्म फ्लोरमा जाने जानकारी निर्देशक दीपेन्द्रले दिएका छन् ।

यसअघि ‘लाखे’ फिल्म निर्माण गरेको कम्पनी ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरको प्रस्तुतिमा निर्देशक लामाकै लेखन रहने फिल्मको कार्यकारी निर्मातामा हरि मल्ल ठकुृरी र निर्मातामा गणेश मल्ल ठकुरी (जिएम) छन् । समीर घले सहनिर्माता रहेको फिल्मको कलाकार र प्राबिधिक चयन कार्य केही समयमै गरिने बताइएको छ । दीपेन्द्रको ‘नाङ्गो गाउँ’ का साथै यो छैठौं फिल्मको बितरण पनि आरआर फिल्मस्ले गर्ने सम्झौता भइसकेको छ ।