गायक आशिष सचिनले जन्मदिन अनाथ बालबालिकासँग मनाए


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ पुष

काठमाडौंको बुढानिलकण्ठ ५ डाँडा गाउँमा रहेको ‘अनाथ असाहाय बाल सुधार समाज’ मा पुगेर गायक आशिष सचिन गौतमले आफ्नो जन्म दिन अनाथ बालबालिकासँग मनाएका छन् । उनले बिहिबार बेलुका आफ्नो जन्म दिन त्यहाँ मनाएका हुन् । नेपाली पप गीतमा सबै भन्दा बढी भ्युज भएको दारी फुल्यो बैंशमा चस्मा लाउँछौ पावर…गीतका गायकको जन्म दिनमा त्यहाँका बालबालिका निकै खुसी भए ।

जन्म दिन मनाउने क्रममा गायक आशिष सचिनले आफ्ना केही चर्चित गीतहरु त्यहाँ हरेका बालबालिकालाई सुनाए । उनका केही हिट गीत सुन्दै त्यहाँका बालबालिका उनीसँगै रमेका थिए । कार्यक्रममा आफ्नो जन्म दिनको केक काटेर गायक आशिष सचिनले त्यहाँका बालबालिकालाई खुवाए ।

सो आश्रममा रहेका ३३ जना बालबालिकालाई खाना खुवाउँदै उनले जन्म दिन मनाए । उनीहरुलाई केही आर्थिक सहयोग र खाद्यान्न सहयोग पनि प्रदान गरे । जन्म दिनमा हुने फजुल खर्च अनाथ बालबालिकाहरुको लागि उपयोग होस भनेर आफुले त्यहाँ पुगेर जन्म दिन मनाएको गायक आशिष सचिनले सो क्रममा बताए ।

त्यहाँ रहेका बालबालिकाहरु नर्सरी देखि कलेजसम्म अध्ययन गरिरहेको सँस्थाका कोषाध्यक्ष सदिप केसीले बताए । २१ जना बालक र १२ बालिकाहरु रहेका सो आश्रममा यी गायकले आफ्नो जन्म दिन मनाएर केही क्षण भएपनि बालबालिकालाई खुसी तुल्याएका उनले बताए ।