प्रधानमन्त्री पुष्पकमल सहित आठ सदस्यीय मन्त्रिपरिषद गठन, सपथ ग्रहण गरे


ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ पुस

नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहित नयाँ मन्त्री परिषदले आफ्ना तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री दाहाल, तीन जना उपप्रधान र चार जना मन्त्री सहित आठ सदस्यीय मन्त्रिपरिषद् सोमबार गठन भएको हो । आइतबार मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनको नेतृत्वमा ८ सदस्यीय मन्त्री परिषद सोमबार गठन भएको हो ।

सो मन्त्री परिषद गठन लगत्तै राष्ट्रपति कार्यालय महाराजगञ्ज पुगेर उनीहरुले राष्ट्रपति विधादेवि भण्डारीबाट सपथग्रहण गरेका हुन् । नयाँ मन्त्री परिषदमा एमालेबाट ४ जना, माओबादीबाट २ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक जना र जनमतपार्टीबाट एक जना रहेका छन् ।

जस अन्तर्गत यो मन्त्रिपरिषदमा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको जिम्मेवारी एमालेका विष्णु पौडेलले सम्हालेका छन् । अर्को उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रूपमा माओबादी केन्द्रका नारायणकाजी श्रेष्ठ नियुक्त भएका छन भने उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पाटीृका अध्यक्ष रवि लामिछाने नियुक्त भएका छन् । अर्थमन्त्री पौडेलले यसअघि पनि अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसेका थिए ।

तीन उपप्रधानमन्त्री शपथ ग्रहण गर्दै

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका नारायणकाजी श्रेष्ठले यसअघि पनि परराष्ट्रमन्त्री र गृह मन्त्रालयको जिम्मेवारी निर्वाह गरिसकेका थिए भने उपप्रधान एवं गृहमन्त्रीको जिम्मेवारी पाएका लामिछाने पहिलो पटक सकारमा गएका हुन् ।

यस्तै, सोमबार नियुक्त भएका मन्त्रीहरू एमालेकी ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्रकुमार राई तथा जनमत पार्टीका अब्दुल खान रहेका छन् । जस मध्य अब्दुल खानलाई उधोग मन्त्रीको जिम्मेवारी दिईएको छ ।

तस्बिर : प्रदीप वन्त, रासस