चलचित्र डेसानको आई लभ यु भिडियोमा

ब्युटी न्युज नेपाल
काठमाडौं, १७ मंसिर

प्रदर्शनी मिति नजिकिँदै गर्दा चलचित्र ‘डेसान’को नयाँ गीत ‘आइ लभ यु’को भिडियो रिलिज गरिएको छ । यो गीतलाई प्रताप दास र प्रबिशा अधिकारीले गाएका हुन् । जसमा राजु थापाको शब्द, हरि लम्सालको संगीत र अजय स्याङ्तेनको कोरियोग्राफी रहेको छ ।

गीत युट्युव च्यानल पर्फमिङ आर्ट क्रिएसनमार्फत दर्शकमाझ ल्याइएको हो । कमल एक्चै मगर निर्देशीत फिल्मको गीतमा नवअभिनेता,अभिनेत्री द्वय निशान चौहान र पुनम थापालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।

अबको शुक्रबार अर्थात् २३ मंसिरबाट देशब्यापी प्रदर्शनमा आउन लागेको फिल्ममा पारिवारिक प्रेम, बिश्वास, घात तथा बदलाको कथा उठान गरिएको छ । सामाजीक महामारीको कथाको रुपमा ब्याख्या गरिएको फिल्ममा निशान र पुनमका साथमा भोला सापकोटा,नम्रता सापकोटा,कविता आले,आरुषजंग सारु,मलिका बस्नेत,प्रमीशा सारुमगरलगायतको अभिनय छ । केही समयअघि सार्वजनीक फिल्मको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको फिल्ममा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको बितरण एफडि,जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।