कवि गीतकार जीवन शर्मा काठमाडौंमा सम्मानित


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ मँसिर

सिक्किमका गीतकार, संगीतकार तथा कवि जीवन शर्मा काठमाडौंमा सम्मानित भएका छन् । शुक्रबार एक सामारोहबीच उनलाई मिलाप विशिष्ट सम्मानले सम्मानित गरिएको छ ।

मिलापका सम्पादक कृष्ण भुसालको सभापतित्वमा सम्पन्न भएको सो समारोहमा विभिन्न व्यक्तिहरु अतिथि थिए । निर्देशक तथा सञ्चारकर्मी माधवराज खरेलले सहजीकरण गरेको सो कार्यक्रममा शर्मालाई सम्मानपत्रबाट सम्मानित गरियो ।

कार्यक्रममा स्रष्टा शर्माले आफू नेपाली भाषा साहित्य कला संस्कृतिको एक साधक रहेको बताउँदै नेपालमा आफूले पाएको यो सम्मानका लागि विशेष आभारी छु भने । उनले साहित्य कुनै सीमा भित्र नबाधिने र यसको क्षेत्र व्यापक र विस्तार भएको बताए । यस सम्मानले आफूमा अझ जिम्मेबारी थपिएको बताउँदै आउँदा दिनमा पनि यस क्षेत्रमा आफू अविरल लागिरहने शर्माले प्रतिवद्धता व्यक्त जाहेर गरे ।

कार्यक्रमका गीतकार चुडामणि देवकोटाले गीत संगीतमा शर्माको योगदानको प्रशंसा गर्दै आउँदा दिनमा उहाँका अझ धेरै सिर्जनाले नेपाली गीत संगीतको क्षेत्र सिंचित हुनेमा विश्वास व्यक्त गरे ।

यस्तै, गीतकार डि आर उपाध्यायले नेपाल बाहिर पनि नेपाली भाषीले भाषा साहित्य कला संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने जुन कार्य गरिरहेका छन् , त्यो साराहनीय भएको बताए ।

साहित्यकार खेमनाथ दाहालले मिलापको कार्यको प्रशंसा गर्दै स्रष्टा शर्माले नेपाली गीत संगीत क्षेत्रका पुर्याएको योगदानको चर्चा गरे । उनले नेपाल बाहिर रहेका नेपाली भाषी भाषा साहित्य कला संस्कृतिका व्यक्तित्वहरूले मिलापले जोडने काम गरेको छ भने ।

त्यस्तै, कलाकार उत्तम केसीले सिक्किमले नेपाली भाषाका चलचित्रलाई प्राथमिकतामा रोखर गरेका कार्यको प्रशंसा गरे । हाम्रो पहिचान भनेको हाम्रा संस्कार र संस्कृति रहेको भन्दै हाम्रा प्रस्तुतिमा यस्ता विषयलाई प्राथमिकता दिनुपर्ने केसीले जिकर गरे ।

सम्पादक भुसालले सिक्किमा रहेर विगत तीन दशकदेखि निरन्तर गीत संगीतको क्षेत्रमा लाग्नुभएका स्रष्टा शर्मालाई नेपालमा सम्मान गर्न पाउँदा आफूहरू पुलकित भएको बताएस् । शर्माले यस क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दैै आउँदा दिनमा उहाँका अझ धेरै सशक्त सिर्जना स्रोता/दर्शक र पाठकमाझ आउन भन्दै बधाई तथा शुभकामना दिए । मिलापले गर्दै आएका कार्यका बारेमा बताउँदै उनले भाषा साहित्य कला संस्कृतिका क्षेत्रका स्रष्टाहरूले पु¥याएको योगदानको उच्च कदर गर्दै स्रष्टा शर्मालाई सम्मान गरिएको जानकारी गराए ।

यस्तै स्रष्टा शर्मालाई बुधबार काठमाडौंमा उर्वरा फाउण्डेशनले पनि सम्मान गरेको थियो । उनले बिहीबार एक नेपाली गीतको काठमाडौंमा रकेर्डिङ पनि गराएका छन् । शर्माको स्वर र संगीतमा एक दर्जन भन्दा बढी गीत छन भने उनले गीत लेखन र कविता लेखनमा आफूलाई सक्रिय राख्दै आएका छन् ।