हिमाल सागरले ल्याए ए होर माया, विमल र शनिसाको रोमान्स

ब्युटी न्युज नेपाल
काठमाडौं, १० मँसिर

हिमाल सागर आधुनिक तथा पप गीतमा दर्शकले निकै रुचाएका गायक हुन् । करिब दुई दशकदेखि गायनमा सक्रिय उनले यतिबेला आफ्नो अर्को नयाँ गीत ए होर माया…दर्शकमाझ ल्याएका छन् । करिब एक वर्षपछि उनी यो गीतका साथ श्रोतामाझ फर्किएका हुन् । बिगत एक वर्ष देखि उनी अमेरिका लगायत विभिन्न मुलुकमा आफ्नो म्युजिक कन्सर्टमा थिए । नेपाल आएपछि यतीबेला उनको नयाँ गीत बजारमा आएको हो ।

गीतको भिडियो उनले बिहिबार रिलिज गरेका हुन् । रिलिज भएको दोश्रो दिनमै दिनले तीन लाख भ्युज पाएको छ । यो गीतको भिडियोलाई भावना म्युजिक सेलुसन युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

यो गीत लोक पप शैलीको रहेको छ । पछिल्लो समय लजालु मायाँलुं…गीतबाट निकै भाइरल भएकी अनु चौधरीले गीत गीतमा हिमाल सागरलाई स्वरमा साथ दिएकी छिन् ।

यो गीतलाई मोडल विमल अधिकारीले लेखेका हुन् । गीतमा संगीत पनि विमलले नै सृजना गरेका हुन् । जसमा संगीत संयोजन कमल सौरागको छ । यो गीतको भिडियोमा विमल अधिकारीसँगै सनिशा भट्टराईले अभिनय गरेका छन् ।

यो गीतको भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका हुन् । जसमा विकाश ज्ञवालीको सम्पादन छ । भिडियोको निर्देशन र कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् ।