लोसपाबाट शरतसिंह, सर्वेन्दनाथ्र र रामप्रकाश निर्वाचत


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ मँसिर

मधेस केन्द्रित दलहरु यो पटक प्रतिनिधि सभामा पत्तासाफ भएको अबस्था छ । तथापि केही स्थानमा मधेश केन्द्रित दलहरुले विजय हाँसिल गरेका छन् । यसै क्रममा लोकतान्त्रिक समाजवादी पार्टीका उम्‍मेदवार शरत सिंह भण्डारी प्रतिनिधिसभा सदस्‍यमा महोत्तरी –२ बाट निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।

भण्डारीले २५ हजार १९० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार १२० मत ल्‍याए । सोही ठाउँबाट नेकपा एमालेका राम परीक्षण यादवले १० हजार २५८ मत, जनमत पार्टीका उमेशकुमार यादव ५ हजार ९७१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका पवन कुमार झाले ३६० मत मात्र पाएका छन् ।

लोसपाबाट यसपटक प्रतिनिधि सभा सदस्यमा बिजयी हुने शरतसिंह भण्डारी तेश्रो उम्मेदवार हुन् । यस अघि रुपन्देही क्षेत्र नं. ४ बाट २८ हजार मत ल्याई सर्वेन्द्र नाथ शुक्ला र सर्लाही १ बाट २४ हजार ८३८ मत ल्याई राम प्रकाश चौधरी बिजयी भएका छन् । यसरी हालसम्म लोसपाले तीन स्थानमा बिजय हाँसिल गरेको छ।