गायिका कोमल वलीलाई हराउँदै दाङ ३ मा काँग्रेसका दीपक गिरी बिजयी


ब्युटी न्युज नेपाल
दाङ, ९ मँसिर

 यो पटक प्रतिधिनि सभामा धेरै कलाकारहरुले उम्मेदवारी दिए पनि अहिलेसम्म सबैले पराजय भोग्नु परेको छ । यस्तै गायिका तथा एमाले नेतृ कोमल वलीले पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नं. ३ बाट पराजित भएकी छिन् । नेपाली काँग्रसका उम्मेदवार दीपकराज गिरीले कोमललाई हराउँदै दाङ क्षेत्र नं. ३ बाट बिजय हाँसिल गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य गिरी ३६ हजार ८४२ मत सहित विजयी हुँदा एमालेकी वलीले २९ हजार ३२ मत प्राप्त गरिन् । सोही ठाउँबाट राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार ३०० मत ल्याएका छन् ।