काँग्रेसका सिटौलालाई हराउँदै झापा ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन बिजयी


ब्युटी न्युज नेपाल
विर्तामोड, ८ मँसिर

यस पटकको प्रतिनिधि सभा सदस्य चयन निर्वाचनमा झापा क्षेत्र नं. ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन बिजयी भएका छन् । एमालेसँग सहकार्य गरेका उनलाई यो सहकार्य फापेको छ ।

बिहीबार अपरान्हमा सकिएको सकिएको मतगणना अनुसार लिङ्देनले ४० हजार ६४८ मत ल्याई बिजय हाँसिल गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याए । लिङदेनले सो ठाउँबाट यसपाली दोश्रो पटक जितेका हुन् ।

लिङदेनले २०७४ सालमा पनि सोही ठाउँबाट एमालेको साथ लिएर चुनाव लडेका सिटौलालाई हराएका थिए । २०७० सालमा चाहिँ सिटौलाले लिङ्देनलाई हराएका थिए ।