रौतहट १ बाट माधवकुमार नेपाल र तनहुँ १ बाट रामचन्द्र पौडेल बिजयी


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ मँसिर

प्रतिनिधिसभाको निर्वाचनमा अग्रज नेता तर्फ रौतहटबाट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन् । यस्तै तनहुँ १ बाट नेपाली कँग्रेसका अग्रज नेपाल रामचन्द्र पौडेल बिजयी भएका छन् ।

पूर्व प्रधानमन्त्री नेपालले नेकपा एमालेका अजय गुप्तालाई ६ हजार ६०० मतान्तरले पराजित गरेका हुन् । नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ९२२ मत प्राप्त गरेका छन् ।

यस्तै तनहुँ–१बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बिजय हाँसिल गरेका छन् । रामचन्द्र पौडेल २५ हजार ३१८ मत ल्‍याएर तनहुँ–१ बाट बिजय प्राप्त गरेका हुन् । पौडेल नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । पौडेलले २५ हजार ३१८ मत ल्याए भने रानाले १९ हजार ९४३ मत मात्र प्राप्त गरे ।

यस्तै त्यहीबाट स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४८३ मत ल्याएका छन् ।