चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेको जीत, लतिलपुर ३ बाट तोसिमा बिजयी


ब्युटी न्युज नेपाल
चितवन ८ मँसिर

यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मिडियाकर्मी रबी लामिछानेको सानदार जित भएको छ । एक वर्ष भित्रै राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरेर यो पार्टीका केन्द्रीय अध्यक्ष बनेका रवि लामिछाने चितवन–२ बाट फराकिलो मतान्तरसहित जित हासिल गरेका छन् । बिहीबार बिहान १० बजे घोषित परिणाम अनुसार रबी लामिछानेले ४९ हजार २६१ मत ल्याएर बिजय हाँसिल गरेका छन् ।

कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको १५ हजार ९९ मत प्राप्त गरे भने एमालेका कृष्णभक्त पोखरेलको १४ हजार ६४९ मत हाँसिल गरेका छन् ।
रबीको बिजयसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा ६ वटा सिट हाँसिल गरेका छन् ।

आज बिहानी पख मात्रै ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले बिजय हाँसिल गरेकी छिन् । उनले ३१ हजार १३६ मत हाँसिल गर्दै बिजय प्राप्त गरेकी हुन् । तोसिमाको निकटतम प्रतिद्धन्द्धी एमालेका अमृत खड्काले १२ हजार ९६३ मत प्राप्त गरे भने सोही ठाउँबाट अघिल्लो पटक जितेकी माओबादी केन्द्रकी पम्फा भुसाल तेश्रो स्थानमा समेटिन पुगिन् ।