एमालेका महासचिब शँकर पोखरेललाई हराउँदै दाङ २ बाट माओबादी केन्द्रकी रेखा शर्मा विजयी


ब्युटी न्युज नेपाल
दाङ, ८ मँसिर

प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की नेता रेखा शर्मा विजयी भएकी छिन् । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माओवादी नेता रेखा शर्मा २ सयभन्दा कम मतान्तरले विजयी भएकी हुन् ।

मत परिणाम अनुसार रेखा शर्माले २६ हजार ८७७ मत ल्याई निर्वाचित भएकी हुन् । उनको निकटतम प्रतिस्पर्धी शँकर पोखरेलले २६ हजार १८९ मत प्राप्त गर्दै पराजय भोगेका छन् । यी दुई नेताबीचको अन्तर १९६ मत रहेको छ ।

एमालेका महासचिब समेत रहेका पोखरेल यस अघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत भईसकेका थिए । यस अघि दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने भनेर चुनाव जितेका उनले सो कार्य पुरा गर्न नसकेपछि दाङबासी उनी प्रति पूर्ण रुस्ट थिए । जसको परिणाम निर्वाचनमा पनि देखिएको छ ।