माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दोब्बर मतान्तरले गोरखाबाट निर्वाचित


ब्युटी न्युज नेपाल
पोखरा, ८ मँसिर

प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतले विजयी भएका छन् ।

बिहिबार बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्ष दाहालले २६ हजार १९३ मत ल्याएर विजयी हाँसिल गरेका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीलाई १३ हजार चार सय ६६ मतले पछाडि पार्दै विजयी प्राप्त गरे । बुर्लाकोटीले कूल १२ हजार छ सय ३७ मत प्राप्त गरे ।

दाहालको प्रतिस्पर्धामा आउने आँकलन गरिएका नेपाल कम्युनिष्ट पार्टी एमालेका अब्दुस सलाम मियाँ भने तेस्रो स्थानमा रहे । मियाँले हाँले ७ हजार ३९३ मत प्राप्त गरेका छन् । गोरखा क्षेत्र नम्बर २ मा कूल ५३ हजार नौ सय ७८ मत खसेको थियो ।