सिटीईभिटीबाट ब्युटिसियन प्रशिक्षणका लागि काठमाडौं उपत्यकाका थोरै ब्युटी पार्लरहरु मध्य एक पार्लर ‘ब्युटी सेक्रेट्स ब्युटी सलुन’ हो । काठमाडौंको खिचापोखरी स्थित पिपल्स प्यालेसको दक्षिणपट्टी जोडीको ‘ब्युटी सेक्रेट्स ब्युटी सलुन’ लाई बरिष्ठ ब्युटिसियन सुमित्रा रञ्जितले सञ्चालन गरेकी हुन् ।

२०५७ सालबाट सौन्दर्यकला पेशा एवँ व्यबसाय अँगालेकी सुमित्राले त्यही बेला देखि खिचापोखरीमा ग्लोरियस हर्वल ब्युटीपार्लर सञ्चालन गर्दै आएकी थिईन् । त्यही पार्लरलाई २०७१ सालमा नाम परिवर्तन गरेर उनले ‘ब्युटी सेक्रेट्स ब्युटी सलुन’ बनाएकी हुन् ।

यो सौन्दर्य सम्बन्धि सेवा दिने सलुन र ब्युटिसियन बन्न चाहनेहरुका लागि ट्रेनिङ इन्टिच्युट पनि हो । अत्याधुनिक सुविधा सम्पन्न यो पार्लरमा आधुनिक ब्युटी पार्लरमा हुने सबै प्रकारको सौन्दर्य सम्बन्धि सुविधा उपलब्ध भएको सुमित्राले बताईन् ।

उनका अनुसार ‘ब्युटी सेक्रेट्स ब्युटी सलुन’मा हेयर सम्बन्धि सबै स्टाईलको कटिङ, हेयर वास, हेयर कलरिङ, हेयर पमिङ, हेयर स्ट्रेट, कर्ली, हेयर स्पा, हेयर वयल मसाज, हेयर हिना, हेयर हाईलाईट, हेयर ट्रिट्मेन्छ, हेयर डो (विभिन्न जुरोहरु बनाउने) जस्तो सेवा उपलब्ध छ ।

यस्तै फेसियल अन्तर्गत नर्मल फेसियल, गोल्ड फेसियल, सिल्भर फेसियल, पर्ल फेसियल, फ्रुट फेसियल, पपैया÷प्रिग्मेन्ट फेसियल, लुमिनेज स्टेम सेल स्किन केयर (मेड ईन युएसए) जस्ता सुविधा यो सलुनमा रहेको छ ।

ब्राईडल, पार्टी, सुटिङ, मोडलिङ, ¥याम्प जस्ता सबै प्रकारको मेकअप पनि ‘ब्युटी सेक्रेट्स ब्युटी सलुन’मा गरिन्छ । यस्तै थ्रेडिङ, वाक्स, मेनी क्वोर, पेडी क्वोर, नेल आर्ट, मेहन्दी आर्टको सुविधा पनि यहाँ रहेको छ ।

हेयर एक्सटेन्सन, पर्मामेन्ट आईलाईसेस एक्सटेन्सन, फेस ब्लिच, ह्यान्ड एन्ड लेक ब्लिच, ब्याक बडी ब्लिच, फ्रन्ट बडी ब्लिच जस्ता विभिन्न सौन्दर्य सम्बन्धि सुविधा पनि ‘ब्युटी सेक्रेट्स ब्युटी सलुन’मा रहेको यसको सञ्चालक सुमित्रा रञ्जितले जानकारी गराईन् ।

ब्युटिसियन बन्न चाहनेहरुका लागि तीन महिनाको बेसिक कोर्ष, ६ महिनाको एडभान्स कोर्ष र त्यसपछि ६ महिनाको डिप्लोमा कोर्ष यहाँ दिईने गरिन्छ।