क्लब फरेनहाईटमा गायक आदित्य नारायण झाको कन्सर्ट


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ मँसिर

नेपाली मुलका बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा यो साता काठमाडौं आउँदै छन् । १० मंसिर शनिबार कन्सर्टको लागि उनी ९ मँसिरमै काठमाडौं आउँदै छन् । उनले शनिबार बेलुका काठमाडौंको ठमेल स्थित क्लब फरेनहाईटमा आफ्नो एकल कन्सर्ट प्रस्तुत गर्ने भएका छन् ।

उनले विभिन्न बलिउडका गितहरुका साथै नेपाली हिट नम्बरहरु पनि प्रस्तुत गर्ने कन्सर्टका आयोजक तथा क्लबका प्रबन्ध निर्देशक श्री मिलन श्रेष्ठले जनाएका छन् ।

गायक झाको कन्सर्टका लागि सोहि दिन ठमेल स्थित क्लब फ्यारेनहाईटबाटै टिकट लिन सकिने श्रेष्ठको कथन छ । गायक झाको छोटो नेपाल बसाईमा श्री पशुपतिनाथको दर्शन गर्ने सोच रहेको र सो कार्यले नेपालको पर्यटन विस्तार क्षेत्रमा केहि टेवा मिल्ने कन्सर्टका आयोजक तथा क्लबका प्रबन्ध निर्देशक श्री मिलन श्रेष्ठले बताएका छन् ।