नविन पौडेलले ल्याए नयाँ गीत पानी पर्यो छाता छैन


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ मंसिर

गायनमा आफ्नो छुट्टै परिचय बनाएका नविन पौडेलले आफ्नो स्वरमा नयाँ गीत ‘पानी पर्यो छाता छैन…’ को भिडियो दर्शकमाझ ल्याएका छन् । यो गीतमा उनलाई गायिका अस्मिता अधिकारीले युगल स्वरमा साथ दिएकी छिन् । यो रोमान्चक गीत निकै माधुर्य बनेको छ । गीतसँगै यसको भिठियो पनि आकर्षक बनेको छ ।

यो रोमाञ्चक गीतमा प्रकाश लामाको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा सरोज राना प्रजा र स्मारिका ढकालको अभिनय एवम् नृत्य रहेको छ । उनीहरुको नृत्य त्यत्तिकै आकर्षक छ । गीतलाई यो भिडियोले अझ प्रभावशाली बनाएको छ ।

दिनेश पराजुलीको छायांकन रहेको भिडियोमा नविन निरौलाको सम्पादन, सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी छ ।