माधवको निर्देशनमा आयो हिन्दी गीत ओ वेवफाको भिडियो


ब्युटी न्युज नेपाल
काठमाडौं, २ मँसिर

हिन्दी गीत “ओ वेवफा”को म्युजिक भिडियो सार्वजनिक भएको छ । चलचित्र निर्देशक माधव राज खरेलको निर्देशनमा यो भिडियो तयार भएको हो ।

आर.जे.म्युजिक प्रोडक्सनको युटुव च्यानलबाट सार्वजनिक भएको भिडियोमा माधव आर. खरेल, साक्षी लम्साल र सागर जि. तमाङले अभिनय गरेका छन् । नेपाली, भोजपुरी मैथली, हिन्दी लगायतका विभिन्न भाषाहरुमा कलम चलाई सकेका गीतकार समिर खानले यो गीत लेखेका हुन् ।

भिडियोमा गायक रुपक डोटेलको स्वर, राजेन्द्र बजागाईको संगीत र संगीत संयोजन, मनोज परियारको मिक्सिङ रहेको छ ।

झण्डै आधा दर्जन चलचित्र तथा दर्जनौ म्युजिक भिडियोहरुको निर्देशन गरिसकेका निर्देशक खरेलले पछिल्लो युवा पुस्ताले माया प्रेमलाई धन,सम्पति संग तुलना गर्नेुका साथै मिलन र विछोडको कथालाइ दृश्य मार्फत देखाउन खोजेका छन् ।

एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो म्युजिक भिडियोलाई निर्माता तथा पत्रकार कमला जोशीले निर्माण गरेकी हुन । नगरकोटका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको भिडियोमा जिवन पराजुलीको छायाँकन रहेको छ भने क्यामोदिन मियाँको सम्पादन छ । त्यसै गरी स्थिर छायांकारमा राजन खरेल रहेको उक्त म्यूजिक भिडियोलाई एनिमेटर तथा निर्देशक समेत रहेका समिर मियाँले रंगसंयोजन गरेका हुन ।