रामकृष्ण ढकाल र रानीको चाहदिनँ हाँस्न म आयो


ब्युटी न्युज नेपाल
काठमाडौं,२ मंसिर

गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वरमा नयाँ गीत चाहदिनँ हाँस्न म…गीतको भिडियो दर्शकमाझ आएको छ ।

यो गीतमा निशा शर्मा अर्यालको शब्द र अर्जुन पोखरेलको संगीत छ । पछिल्लो समय ढकालको एक पछि अर्को माधुर्य गीतहरु आई रहेको छन् । यो गीतले जातका कारण प्रेममा आउने अवरोधको भावलाई बोकेको छ ।

गीतको भिडियोमा रामचन्द्र अधिकारी, सुरविर पण्डित, कमल सिंह र परि शाक्यको अभिनय छ । भिडियोको निर्देशन रायन कार्कीले गरेका हुन् । भिडियोमा वुद्ध थापाको छायांकन, बिष्णु खड्काको सम्पादन छ ।