ए बा भन्देउन…गीतबाट खबरदारी गर्दै तृप्ती र राजानन्द


ब्युटी न्युज नेपाल
काठमाडौं, १ कात्तिक

यो वर्षको सँसदीय निर्वाचन अहिले सँघारमा छ । पाँच वर्ष अघि विभिन्न बाचा गरेर साँसद बनेका धेरैले आफ्नो बाचा पुरा गनरी फेरी भोट माग्न आएका छन् । तिनै साँसद तथा उम्मेदवारहरुलाई लक्षित गरेर नयाँ गीत ए बा भन्देउन…को भिडियो यतबिेला बजारमा आएको छ ।

पछिल्लो समय गायनबाट चर्चामा रहेकी गायिका तृप्ती खड्का र गायक राजानन्द मान्डब्यले नयाँ गीत ए बा भन्देउन…को भिडियो बजारमा ल्याएका हुन् । यो गीतलाई राजानन्द मान्डब्यले लेखेका हुन् । गीतको संगीत पनि राजानन्दकै रहेको छ ।

हिजोका दिनमा नेताहरुले विभिन्न आश्वासन दिएको र त्यो आश्वासनलाई पुरा नगरेको भन्दै यो गीत मार्फत गायक गायिकाले नेताहरुलाई खबरदारी गरेका छन् । यो गीतलाई रमेश सेन्चुरीले एरेन्ज गरेका हुन् । यो गीतको भिडियो समसामयिक दृष्यलाई समेटेर तयार गरिएको छ ।

गीतको भिडियोमा गायक गायिका नै प्रत्यक्ष रुपमा प्रस्तुत भएका छन् । दिपेन्द्र प्रकाश केसीले निर्देशन गरेको यो गीतको भिडियोलाई दिपेन्द्र आफैंले खिचेका हुन् । छायाँकनमा उनलाई नरेश चैंसिरले सघाएका छन् । गीतको भिडियोलाई नरदम च्यानलबाट रिलिज गरिएको छ ।