सिनेम्याटिक भिडियोका कारण अनिता गिरी चर्चामा


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ कात्तिक

मोडलिङबाट नेपाली चलचित्र बृत्तमा नयाँ नयाँ मोडलहरु नायिकाको रुपमा उदाएका छन् । यसै क्रममा मोडलिङबाट चलचित्रमा आएकी मोडल हुन अनिता गिरी । पछिल्लो समय उनी आफ्नो फोटो सुट र भिडियो सुटका कारण चर्चामा छिन् । दुई महिना अघि ग्लामर फोटो सुटले चर्चामा आएकी यी मोडल तथा नवोदित अभिनेत्रीले यतिबेला आफ्नो भिडियो सुट (सिनेमाटिक भिडियो ) का कारण चर्चामा छिन् । उनले यो भिडियोलाई आफ्नै युट्युव च्यानलबाट मध्यरातमा रिलिज गरेकी हुन् । भिडियोमा उनले आफुलाई कामुक भावमा प्रस्तुत गरेकी छिन् । उनको मुहारको भावभँगी कामुक देखिन्छ । सोही कारण पनि उनले यो भिडियो अहिले चर्चामा छ

ृउनको यो भिडियोलाई सुभास श्रेष्ठ प्रधानले निर्देशन गरेका हुन । जसमा पदम सुबेदीको सम्पादन तथा मिलन बिश्वकर्माको रँग सँयोजन रहेको छ । यसलाई बिनोद तामाङले खिचेका हुन् ।

७ वर्ष देखि अनिता यस कला क्षेत्रमा अनवरत रुपले काम गर्दै आएकी छिन । उनी विभिन्न म्युजिक भिडियो, टिभीसि एड, सर्ट फ्लिम हुँदै अब भने ठुलो पर्दाको चलचित्र ‘ड आउटलयर’बाट दर्शकमाझ आउँदै छिन् । सानै उमेर देखि कला क्षेत्रमा लागेकी उनी एउटा कुशल कलाकार बन्न जस्तो पनि भुमिका निर्वाह गर्न सक्नु पर्छ भन्ने मान्यता राख्छिन । अनिता आफ्नो कलाले सबैको मन जित्न चाहन्छिन । हाल उनी कला क्षेत्रमा आवद्ध भएका हस्तीहरुसङ सहकार्य गर्दै छिन ।