ब्युटी न्युज नेपाल
काठमाडौं, २९ कात्तिक
गायिका कमला रेग्मीले आफ्नो नयाँ गीत तिमीलाई दामी देखिन्छ…को भिडियो दर्शकमाझ ल्याएकी छिन् । प्रवासी जीवनको दैनिकीमा रहेर पनि नेपाली गीत–संगीतलाई सदैव माया गर्ने गायिकाको परिचय बनाएकी उनले गायक रामजी खाँडसँगको सहकार्यमा उक्त गीतको भिडियो सार्वजनिक गरेकी हुन् ।
यस गीतमा रविमान सिंह बस्नेतको शब्द तथा गायक तथा संगीतकार टीका बोम्जनको संगीत रहेको छ । यो गीतको संगीत संयोजन कमल सौरागले गरेका छन् ।
गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल स्मारिका ढकालको अभिनय छ । उनीहरु रोमाञ्चकारी जोडीको रुपमा प्रस्तुत भएका छन् । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । जसमा राज किङ वाइबाको कोरियोग्राफी रहेको छ । भिडियोको छायाँकन बुद्ध थापाले गरेका छन् भने सम्पादन विकास धमलाको रहेको छ । भिडियोलाई रामजी खाँड अफिसियल युट्युवबाट सार्वजनिक गरिएको छ ।