मेरिबास्सैमा चुनावको मुद्दा


ब्युटी न्युज नेपाल
काठमाडौं २९ कार्तिक

यतिबेला देश चुनावमय भएको छ । अहिले राजनितिक पार्टीहरु आफ्ना एजेण्डा सहित सामाजिक सञ्जाल देखी मिडियाहरुमा छाएका छन् ।

यसैबिच नेपाली टेलिश्रृंखला मेरिबास्सैमा मंगलबार सार्वजनिक भएको ७८१ औं भाग निर्वाचनमय बनाइयो । यो सँृखलामा चुनावका आरोह अवारोहलाई प्रस्तुत गरिएको छ ।

गाउँमा निर्वाचनको समयमा कुनै ज्ञान नभएका पनि कसरी नेता हुन्छन् र भोटका लागी कतिसम्म गर्छन् भन्ने नेपाली परिवेशलाई नै श्रृंखलामा देखाइएको छ । पछिल्लो समय मेरिबास्सै दिवाकर भण्डारीले निर्देशन गर्दै आएका छन् । समसामयिक विषयलाई अहिले समेटेको उनले बताएका छन् ।