ब्युटी न्युज नेपाल
काठमाडौं, २८ कार्तिक

मंसिरको १६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पासो’को ट्रेलर आज एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । डेढ मिनेट लामो ट्रेलरमा दुई यूवतीले बाँच्नका लागि गरेको संघर्षको कथा देखाइएको छ । यो चलचित्रले विशेषगरि, अपहरणमा परेपछि २ यूवतीले बाँच्नका लागि के के गर्छन् भनेर देखाएको छ । चलचित्रमा नायिका रिस्ता बस्नेत र कलाकार सुनिशा बजगाँई केन्द्रिय भूमिकामा छन् । १३ दिन लगाएर खिचिएको चलचित्रमा कथा, पटकथा, संवाद र निर्देशन आर.बी पूनको छ ।

चलचित्रलाई भगवान भुजेलले निर्माण गरेका हुन् । राजकुमार राउत कार्यकारी निर्माता रहेको चलचित्रमा बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ सह–निर्माताको रुपमा छन् ।

यो चलचित्रमा रिस्ता र सुनिशाको साथमा रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । सुर्य दयालुको संगीत, उत्तम हुमागाँइको छायांकन रहेको चलचित्रमा सुरेश बस्यालको कोरियोग्राफी, भूपेन्द्र अधिकारीको सम्पादन छ ।

यो चलचित्रले नेपाली चलचित्र क्षेत्रलाई एउटा नयाँ कथा दिने निर्माता भगवान् भुजेलको तर्क छ । यस्तै, नायिका रिस्ता बस्नेतले चलचित्र छायांकन गर्दा निक्कै गाह्रो भएको बताइन् । उनले, १० दिन सम्म त आफू बक्सा भित्र रहेर चलचित्रमा काम गरेको सुनाइन् । यस्तै, अर्की नायिका सुनिशा बजगाँइले पनि ५ दिनसम्म हात बाँधेर काम गर्नुपर्दा गाह्रो भएको बताइन् । बी.आर इन्टरटेन्मेन्टको प्रस्तुतिमा यो चलचित्र बनेको हो ।