पुष्प र वर्षाको मनसँग मन २० माघमा


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ कात्तिक

नेपाली चलचित्र ‘मनसँग मन’को प्रदर्शन मिति तोकिएको छ । आउँदो २० माघबाट यो चलचित्र नेपालभर रिलिज हुने निर्माण पक्षले जनाएको छ । यो चलचित्रमा पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्दि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधान, सन्ते दाको लगायतको मुख्य भूमिका छ । चलचित्रमा पल शाह र पूजा शर्मालाई विशेष भूमिकामा देख्न सकिन्छ ।

यसअघि पनि केही पटक मिति तोकिएपनि चलचित्र रिलिज हुन पाएको थिएन । तर, यसपटक भने माघ २० गते दर्शकमाझ चलचित्र आउने निर्माणपक्षले जानकारी दियो ।

सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको भारतका केही शहरमा प्रदर्शन गरिएको थियो । जहाँबाट चलचित्रले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाएको निर्माणपक्षले बताएको छ ।

कैलाश राइको निर्देशनमा तयार भएको यो चलचित्रलाई अरुण तामाङले निर्माण गरेका हुन् । चलचित्रमा अर्जुन पोखरेल र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन छ । चलचित्रलाई लभ स्टोरी जनरामा निर्माण गरिएको छ । चलचित्रको २ वटा गीत पनि निर्माणपक्षले सार्वजनिक गरिसकेको छ ।

यो चलचित्रलाई भारतमा रुचाइएपछि फेरि मंसिर २५ गतेबाट दिल्ली, गुजरात, आसाम लगायतका शहरमा रिलिज गर्न लागिएको निर्माणपक्षले बताएको छ ।