अभिनेता आकाशको जन्मदिनमा आयो दीपक, रामकृष्ण र बेनिशाको नयाँ गीत

ब्युटी न्युज नेपाल
काठमाडौं, १८ कात्तिक

संगीतकार दीपक शर्माको पछिल्लो समय एक पछि अर्को नयाँ गीतहरु आईरहेका छन् । यसै क्रममा दीपक शर्माले संगीत गरेको नयाँ गीत ‘ए माया जुनकिरी…’ को भिडियो यतिबेला दर्शकमाझ आएको छ । यो गीतलाई गोविन्द कँडेल ‘आँशु’ले लेखेका हुन् ।

यो गीतमा लोकप्रिय गायक रामकृष्ण ढकाल र नयाँ पुस्ताकी उम्दा गायिका बेनिषा पौडेलको स्वरमा रहेको छ । अभिनेता आकाश श्रेष्ठको मुख्य भूमिका रहेको यो गीतको भिडियोलाई आकाशकै जन्म दिनको छेको पारेर युट्युवबाट रिलिजगरिएको छ । गायक रामकृष्णको आफ्नै अफिसियली युट्युव च्यानलबाट गीतको भिडियो रिलिज गरिएको छ ।

यो गीतको भिडियोमा आकासले मोडल अनुषा अधिकारीसँग सहकार्य गरेका छन् । उनीहरुको जोडी निकै आकर्षक देखिएको छ ।

यो गीतको भिडियोलाई सुरज अधिकारीले निर्माण गरेका हुन् । निकै माधुर्य यो गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका हुन् ।

भिडियोमा बुद्द थापाको छायांकन, बिकाश धमलाको सम्पादन रहेको छ । यो गीतको भिडियोलाई गम्भीर बिष्टले कोरियोग्राफी गरेका हुन् ।