संगीतकार जुगल डँगोललाई मातृशोक


ब्युटी न्युज नेपाल
ललितपुरं, ११ कात्तिक

अग्रज संगीतकार जुगल डँगोललाई मातृशोक परेको छ । संगीतकार डँगोलकी आमा लालमाया डँगोलको ८७ वर्षको उमेरमा ७ कात्तिक लक्ष्मीपुजाको बेलुका निधन भएको हो । दिवँगत आमा लालमाया बिगत आधा दशक भन्दा लामो समयदेखि मुटुको समस्याबाट पीडित थिईन् ।

६ वर्ष अघि मुटुमा पेश मेकर जडान गरेपछि मुुटुको समस्या केही राम्रो भएको थियो । तर पछिल्लो समय उनमा श्वास प्रश्वासको समस्या बढेको थियो । सोही समस्याको उपचार गर्दै गर्दाै ललितपुरको सुमेरु अस्पतालमा उनको निधन भएको हो ।

दिवँगत आमा लालमायाको जुगल सहित दुई छोरा र दुई छोरी छन् । यो दुखद घडीमा दिवँगत आमात्माको चीर शान्तिको कामना सहित ब्युटी न्युज नेपाल परिवार शोक सन्तप्त डँगोल परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछ ।