द आउट लेयरबाट डेब्यु गर्दै अनिता गिरी


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ असोज

मोडल अनिता गिरीलाई अब चलचित्रमा देख्न पाईने भएको छ । एक दर्जन जति म्युजिक भिडियोमा अभिनयको गरि सकेकी उनले अब ठूलो पर्दामा आफ्नो अभिनयको जादु पस्कने भएकी छिन् । खोटाङ् सिम्पानी स्थायी घरभई काठमाडौंलाई कर्मथलो बनाएर यो क्षेत्रमा लागि रहेकी अनिताले विक्की महर्जनको चलचित्र ‘द आउट लेयर’मार्फत डेब्यु गर्दैछिन् । उनि विगत ६ वर्षदेखि निरन्तर कला क्षेत्रमा काम गरि रहेकी छन् ।

सानैदेखि अभिनय र नृत्य भनेपछि हुरुक्क हुने उनको पहिलो गीतको भिडियो ‘वैगुनीले गएको थियो छोडेर’ रहेको थियो । त्यसयता ‘सजाए तिम्रो माया’, ‘लगन जुर्यो घरबार हुनलाई’, ‘तिम्रो साथ’, ‘केयर गर्दैनौ’, ‘तिमीलाई भुल्न’ जस्ता एक दर्जन भन्दा बढी गीतका भिडियोमा आफ्नो कुशल अभिनय पस्कि सकेकी छन् उनले । म्युजिक भिडियोमा अभिनयको तारिफ सँगसँगै थुप्रै अवार्ड पनि हात पारी सकेकी छन् ।

ओडिनल, डेरिमिल्क, नेपाल आइस लगायतका थुप्रै विज्ञापनमा पनि अभिनय गरी सकेकी अनिताले डेढ दर्जन जति फेशन र्याम्पमा पनि आफूलाई हिँडाएकि छ्न । अभियन क्षेत्रमा नै पूर्ण रुपमा समर्पित भएर लागेको बताउने उनि सबैप्रकारको भूमिकालाई न्याय गर्न सक्ने आफूमा खुबी रहेको दाबी गर्दछिन् । म्युजिक भिडियो र फेशन शो हरूमा तारिफ बटुल्न सफल अनिता ठूलो पर्दामा कत्तिको जम्ने हुन् त्यो त भबिष्यले नै बताउछ । तर, उनि भने पूर्ण तयारीका साथ आफू यो क्षेत्रमा आएको दाबी गर्दछिन् ।