केदारको खुसी हुनु छैनमा मदनकृष्णको अभिनय


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ असोज

केदार पनेरुले लेखेको गीत ‘सुखी हुनु छैन मलाई’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वर गायक स्वरूपराज आचार्यले दिएका छन् । पनेरूले मानिसको जीवनका सुखःदुःखका विभिन्न क्षणहरुलाई बोल्ने गरि गीत तयार पारेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पूर्वसहसचिव रहेका पनेरूले साहित्य तथा कला क्षेत्रमा समेत कलाम चलाउँदै आएका छन् । कृति न्यौपानेले गीतमा संगीत भरेका छन् ।

गीतले समाजलाई रुपान्तरण गर्न सकोस् भन्ने आफ्नो सोँच रहने बताउँदै रचनाकार पनेरूले आउँदा दिनमा पनि गीत लेखनलाई निरन्तरता दिँदै जाने बताए ।

यो गीतको भिडियोमा अग्रज कलाकार मदनकृष्ण श्रेष्ठले अभिनय गरेका छन् । गीत निकै समसामयिक भएकाले आफुले अभिनय गरेको मदनकृष्णले बताएका छन् ।