फ्यानसँग बाबरीका कलाकार


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ असोज

१४ असोज शुक्रबारबाट चलचित्र बाबरी देशव्यापी रिलिज हुँदैछ । यसै क्रममा यतीबेला यो चलचित्रका कलाकारहरु आफ्नो चलचित्रको प्रचारमा तिब्रसँग जुटिरहेका छन् ।

यसै क्रममा चलचित्र बाबरीका ती मुख्य कलाकार अभिनेता धिरज मगर, अर्का अभिनेता धिरज नाडकर र अभिनेत्री अदिती बुढाथोकी बुधबार दर्शकमाझ आफ्नो फिल्मको प्रचार प्रसारमा उत्रिए ।

काठमाडौंको नयाँ वसपार्क स्थित लोत्सेमलको अगाडि दुई धिरज र अदिती उपस्थित हुँदा त्यहाँ दर्शकको निकै ठुलो भिड देखियो । सो क्रममा दर्शकहरुले नायक धिरज द्धय र नायिका अदिथिसँग शेल्फी खिचेर रमाईलो गरे । उनीहरुले फिल्म बाबरी आफु पनि हेर्ने र अरुलाई पनि हेराउने बाचा गरे । आफ्ना फ्यानलाई भेट्न बसपार्क पुगेका दुई धिरज र नायिका अदितीले फ्यानहरुसँग सेल्फी समेत खिचाए ।

कलाकारसँग दर्शकहरु पनि केही क्षण रमाएर नाचगान गर्न पछि परेनन् । सो भेटमा यी अभिनेता अभिनेत्रीहरुले चलचित्र बाबरी हेरेर दशैं मनाउन दर्शकलाई अनुरोध गरे ।